नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव जारी रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल (सोमबार बिहान) सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा मौसम आंशिक बदली भएको छ भने देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ।
महाशाखाद्वारा जारी बिहानी बुलेटिनअनुसार दिउँसो पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति भने पहाडी क्षेत्रमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ। रातिलाई कतै वर्षा तथा हिमपातको सम्भावना देखाइएको छैन।
Shares
प्रतिक्रिया