ad ad

समाज


नवदुर्गाका अवतारस्वरूप राष्ट्रपतिले गरे नवकन्यालाई पूजा

नवदुर्गाका अवतारस्वरूप राष्ट्रपतिले गरे नवकन्यालाई पूजा

तस्बिर पनि : रासस


रासस
कात्तिक ६, २०८० सोमबार १३:२८, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा नवदुर्गाका अवतारस्वरूप महानवमीका दिन आज नवकन्यालाई पूजाअर्चना गरेका छन्। 

विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्यालाई पूजा गरेका हुन्।

सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गरे। 

दसैँका अवसरमा महानवमीका दिन राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्यालाई पूजा गर्ने प्रचलन छ।

दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .