लमजुङमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।
सुन्दरबजार नगरपालिका–२ सुन्तलेटारमा ग.१ज ७२७२ नम्बरको जिप दुर्घटना हुँदा जिप चालक सोही ठाउँका ३६ वर्षीय मंगप्रसाद सेढाईंको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक थानेश्वर चपाईंका अनुसार जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो।
तनहुँको भानुबाट घर फर्किंदै गरेको बेला चपाईं दुर्घटनामा परेका हुन्।
120
Shares
प्रतिक्रिया