ad ad

समाज


काठमाडौंका सडकमा बढ्यो सवारी चाप (तस्बिरहरू)

काठमाडौंका सडकमा बढ्यो सवारी चाप (तस्बिरहरू)

तस्बिर : सरोज बैजु


नेपालखबर
कात्तिक १०, २०८० शुक्रबार २०:३१, काठमाडौँ

दसैँ मनाउन गाउँ गएकाहरू फर्कन थालेसँगै शुक्रबारबाट काठमाडौंमा चहलपहल बाक्लो देखिन थालेको छ। दसैँ मनाउन घटस्थापनादेखि नै सहर छाडेकाहरू विस्तारै फर्कन थालेका हुन्। 

यो सँगै काठमाडौं उपत्यकामा सवारी साधन पनि बाक्लो संख्यामा देखिन थालेका छन्। केही दिनदेखि सुनसानजस्तै देखिएको काठमाडौंका सडकहरूमा शुक्रबारबाट भने बाक्लो संख्यामा सवारी साधन गुड्न थालेका हुन्। 

काठमाडौंको कलंकी, थानकोट, भक्तपुरका नाकामा बिहीबार देखि नै सवारीको लामो लाइन छ।

गाउँबाट फर्किएकाहरू सडकमा सामान र बालबालिकासहित उभिएका देखिन्छन्। 

दसैं मनाएर कर्मथलो फर्किने संख्या बढेसँगै काठमाडौंका सडकमा सवारी चाप देखिन थालेको छ। हेरौं केही तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .