ad ad

समाज


बारामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

बारामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु

नेपालखबर
कात्तिक १२, २०८० आइतबार ७:९, बारा

बारामा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी जवानको मृत्यु भएको छ।

कञ्चनपुर भीमदत्त नगरपालिका–११ घर भई इलाका प्रहरी कार्यालय निजगढ बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको निजगढमा भएको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको बाराका प्रहरी उपरीक्षक एसपी सुशप्रसाद काफ्लेले जानकारी दिए।

शनिबार निजगढ नगरपालिकाबाट ८ बाट ज१२प ७१५४ नम्बरको मोटरसाइकलमा जीतपुरसिमरा उपमहानगरपालिका–१६ काँठगाटतर्फ जाँदै गर्दा सुनार दुर्घटनामा परेका हुन्। मोटरसाइकल सुनार आफैँले चलाएका थिए।

मोटरसाइकल चोरी गरी लैजाँदै गरेको गोप्य सूचनाका आधारमा खोजतलास गर्न जाने क्रममा ड्युटीको सिलसिलामा सुनार मोटरसाइकल दुर्घटनामा परेका एसपी काफ्लेले बताए।

दुर्घटनामा टाउको, अनुहार र शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार हुन नसक्दा थप उपचारका लागि एलएस न्यूरो अस्पतालमा लगिएको थियो।

उपचारका क्रममा शनिबार दिउँसो उनको मृत्यु भएको प्रहरी उपरीक्षक काफ्लेले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .