हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार यतिबेला (मंगलबार बिहान) कोशी प्रदेशसहित देशका पहाडी भेगमा आंशिक बदली रही देशका बाँकी स्थानमा मौसम सामान्यतया सफा छ। यसको अर्थ कतै कतै बादल भए पनि धेरैजसो स्थानमा घाम लागेको छ।
मौसम महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार बिहीबारसम्म यस्तो रहनेछ मौसम–
कात्तिक १४ गते मंगलबार (आज)
दिउँसो ː देशभर आंशिक बदली रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
कात्तिक १५ गते बुधबार

कात्तिक १६ गते बिहीबार
दिउँसो ː देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
राति : देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।
Shares
प्रतिक्रिया