ओखलढुंगामा आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ। घटनामा अर्की एक महिला घाइते भएकी छन्।
मानेभञ्ज्याङ गाउँपालिका- ७ हर्कपुरमा सोमबार साँझ आगलागी हुँदा ३३ वर्षीया कमला दाहाल गौतमको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
घटनामा कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम घाइते भएकी छन्। उनको उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
भान्साघरमा डिजेल प्रयोग गरेर आगो बाल्ने क्रममा अचानक आगोलागी हुँदा गाैतम जलेकाे अनुमान प्रहरीले गरेको छ।
दाहालकी देउरानी गौतम भने आगो निभाउने क्रममा जलेर घाइते भएकी हुन्।
39
Shares
प्रतिक्रिया