ad ad

समाज


ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, २ लाख नगद बरामद

ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ, २ लाख नगद बरामद

फाइल तस्बिर


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १०:३३, काठमाडौँ

प्रहरीले ललितपुरको गोदावरीबाट जुवातास खेलिरहेको अवस्थामा आठ जनालाई पक्राउ गरेको छ। 

उनीहरुको साथबाट दुई लाख सात हजार रुपैयाँसमेत बरामद भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले गोदावरी-१० स्थित टुकनाथ घिमिरेको घरबाट घिमिरेसहित आठ जनालाई पक्राउ गरेका जिल्ला प्रहरी परिसर ललितपुरका सूचना अधिकारी प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए। 

पक्राउ पर्नेमा घर मुली घिमिरे, ललितपुरको बागमती गाउँपालिका- १ का नारायण गौतम, गदावरी- १० का निराजन न्यौपाने, सोही ठाउँका श्याम महर्जन, ललितपुरको कोञ्ज्योसोम गाउँपालिका- २ शंखुका उद्धब बजगाईं, बागमती- ५ का पासाङ स्याङतान, सोही ठाउँका माधव घिमिरे र रमेश तिमल्सिना छन्। 
 
ठूलो रकम हारजित हुनेगरी जुवातास खेलेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको एसपी कार्कीले जानकारी दिए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .