ad ad

समाज


सर्वोच्चको आदेशपछि इजलासबाट भक्कानिँदै बाहिरिन् भारती

सर्वोच्चको आदेशपछि इजलासबाट भक्कानिँदै बाहिरिन् भारती

सर्वोच्च परिसरमा भारती। तस्बिर : उजिर कार्की


नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १५:४८, काठमाडौँ

नेपालगन्जका चेतन मानन्धरका हत्यारा योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने राष्ट्रपतिको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ। मानन्धरकी पत्नी भारती शेर्पाले हालको रिटको सुनुवाइ गर्दै बिहीबार सर्वोच्चले निर्णय सुनाएको हो। 

अदालतको उक्त निर्णपछि  निवेदक शेर्पा इजलासमै भावविव्हल बनिन्। न्यायाधीश ईश्वर प्रसाद खतिवडाले पढिसकेलगत्तै उनले इजलासमै डाँको छाडेर रुन सुरु गरेकी हुन्।

उनी इजलासबाट तल झर्दा डाँको छाडेर रोइन्।

सर्वोच्चबाट बाहिरिँदा पनि उनी रोहिरहेकी थिइन्। उनलाई उनका सहयोगीहरूले गाडी चढाएर लगेका छन्। 

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो।

सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते  रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए।

जम्मा ८ वर्ष कैद बसेर राजनीतिक शक्तिको आडमा मुक्त भएपछि आफूहरू त्रासमा रहेको र अपराधीलाई गर्नुपर्ने सजाय नपुगेको भन्दै चेतन मानन्धरकी तत्कालीन पत्नी भारती शेर्पाले रिट दायर गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .