ad ad

समाज


चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

चन्द्रपुर नगरपालिकाका तत्कालीन प्रमुख रामचन्द्र चौधरीसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १९:९, काठमाडौँ

रौतहटको चन्द्रपुर नगरपालिकाका तत्कालीन नगर प्रमुख रामचन्द्र चौधरीसहित चारजना व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नगरप्रमुख चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल, लेखा अधिकृत/राजस्व शाखा प्रमुख किर्तिराज सुवेदी र आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैमाथि विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारले बेग्लाबेग्लै तीनवटा विषयमा उनीहरुविरुद्ध मुद्दा दायर गरेको जनाएको छ।

नगरपालिकाको कार्यालयसमेतले आशिक कन्स्ट्रक्सनसँगको मिलेमतोमा उक्त नगरपालिका अन्तर्गत पर्ने चाँदी नदीको नदीजन्य पदार्थ उत्खनन एवं बिक्री गर्न लगाएको बोलपत्र ठेक्कामा अनियमित तवरले नदीजन्य पदार्थ उत्खनन गरी राजस्व छली गरेको अख्तियारको ठहर छ।

सो सम्बन्धमा अनुसन्धान नगरपालिकाले आशिक कन्स्ट्रकसनसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैक जमानत पेश नगरी नलिई मूल्य अभिबृद्धि करसमेत दाखिला नगरी नगराई १७ लाख ६८ हजार रुपैयाँ बराबरको घटी राजस्व रकम असुल गरी राजस्व चुहावट गरी गराई भ्रष्टाचार गरेको आरोप लगाएको छ।

नगरपालिकालाई ५५ लाख दुई हजार १९८रुपैयाँ ६ पैसा रकम राजस्व चुहावट गरी भ्रष्टाचार गरेको पुष्टि भएको हुँदा उक्त कसुरमा संलग्न नगरप्रमुख चौधरी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सिग्देल र लेखा अधिकृत/राजस्व शाखा प्रमुख किर्तिराज सुवेदी तथा आशिक कन्स्ट्रक्सनका सञ्चालक राम विनोद राउत बरैविरुद्ध मुद्दा दायर गरेको हो।

यस्तै, आव २०७७/०७८ मा ‘पूर्वाधार उपयोग कर चाँदी खोला’ मा आशिक कन्स्ट्रकसनसँग सम्झौता गर्दा २८ लाख २५ हजार पाँच रुपैया पैसठ्ठी पैसा भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

यसैगरी चाँदी नदीको राजमार्ग दक्षिण नदीजन्य पदार्थ बिक्री–राजपैडादेखि नयाँ बस्ती मोतिपुरसम्मको ठेक्कामा आशिक कन्स्ट्रकसन रौतहटसँग सम्झौता गर्दा तोकिएको नगद तथा बैंक जमानत पेश नगरी नलिई मूल्य अभिबृद्धि करसमेत दाखिला नगरी/नगराई रु १५ लाख ६८ हजार रुपैयाँ बराबरको घटि राजस्व रकम असुल गरी राजस्व चुहावट गरेको अख्तियारको ठहर छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .