कास्की प्रहरीले प्याराग्लाइडिङ पाइलटहरुको ‘मापसे’ परीक्षण गरेको छ।
वडा प्रहरी कार्यालय बैदामको अगुवाइमा प्याराग्लाइडिङ ल्याण्डिङस्थल पामेमा भएको मादक पदार्थ सेवन गरे/नगरेको चेकजाँच गरिएको कास्की प्रहरीले बतायो।
चेकजाँचको क्रममा पाइलटहरुले मापसे गरेको भेटिएन।
प्रहरीले सो अवसरमा सचेतना कार्यक्रम पनि सञ्चालन गरेको कास्की प्रहरीका प्रवक्ता डीएसपी श्रवणकुमार बिकले जानकारी दिए।
यसअघि कास्की प्रहरीले पोखराको फेवातालमा डुंगा चलाउने चालकहरुको पनि मापसे परीक्षण गरेको थियो।
45
Shares
प्रतिक्रिया