ad ad

समाज


सीएमआर नेपालको अध्यक्षमा अर्याल चयन

सीएमआर नेपालको अध्यक्षमा अर्याल चयन

नेपालखबर
कात्तिक १७, २०८० शुक्रबार ११:१४, काठमाडौँ

सेन्टर फर मिडिया रिसर्च (सीएमआर) नेपालको अध्यक्षमा दीपक अर्याल चयन भएका छन्।

सीएमआर नेपालको ११औं साधारणसभाले अर्यालको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो।

अर्याल पत्रकारिता प्राध्यापनका साथै मिडिया, इतिहास र समाजशास्त्रसम्बन्धी अध्ययन/अनुसन्धानमा संलग्न छन्। 

सीएआर नेपालको उपाध्यक्षमा श्रुति श्रेष्ठ,  सचिवमा नवीन खतिवडा, कोषाध्यक्षमा हिमेशरत्न बज्राचार्य चयन भएका छन्। त्यसैगरी सदस्यमा सुनिता कार्की, कञ्चन अधिकारी र अनिता शाह चयन भएका छन्। 

साधारणसभामा बोल्दै प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले राज्यले अझै पनि पत्रकारितालाई सही ढंगले बुझ्न नसकेको टिप्पणी गर्दै विषयगत र प्रविधिक रुपले दक्ष जनशक्ति तयार पार्न काउन्सिल विश्वविद्यलाय र अनुसन्धान केन्द्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको उल्लेख गरे। 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले मिडियाको क्षेत्रमा अध्ययन तथा अनुसन्धान हुनु सह्रानीय कार्य भएको उल्लेख गर्दै मिडिया साक्षरतालाई अघि बढाउन सुझाव दिए।

महासंघका सचिव पवन आचार्यले पत्रकारहरुका लागि विशिष्टकृत तालिमको आवश्यकता रहेको बताउँदै समय सापेक्ष तालिमहरु अघि बढाउनुपर्ने धारणा राखे। 

नेपाल खुला विश्विद्यालयका सहप्राध्यापक डा. हरि ढुंगानाले वर्तमान समयमा पत्रकारिता क्षेत्रमा धेरै चुनौती देखा परेको उल्लेख गर्दै नयाँ प्रविधिलाई विशेष ध्यान दिएर अघि बढ्न सुझाव दिए। 

सीएमआर नेपालका नवनिर्वाचित अध्यक्ष दीपक अर्यालले विगतमा गरेका कार्यलाई निरन्तरता दिँदै आगामी दिनमा सेन्टरले मिडियाका नीतिगत, व्यावहारिक र नयाँ नयाँ प्रविधिले गर्दा आएका विविध मुद्दामा अध्ययन/अनुसन्धान गर्नाका साथै मिडियासम्बन्धी बहसलाई अघि बढाउने बताए। 

सीएमआर नेपालका निवर्तमान अध्यक्ष तृष्णा आचार्यले स्थापना भएदिख सीएमआर नेपालले प्रगति गरिरहेको धारणा व्यक्त गर्दै आफ्नो नेतृत्वको कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद दिए। 

बिहीबारै सीएमआर नेपालको सामाजिक लेखा परीक्षण पनि गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .