ad ad

समाज


भूकम्पपीडितका लागि विश्व खाद्य कार्यक्रमले ५ मेट्रिक टन चामल पठाउने

भूकम्पपीडितका लागि विश्व खाद्य कार्यक्रमले ५ मेट्रिक टन चामल पठाउने

बाँकेको राझा एयरपोर्टमा जाजरकोट भूकम्पका घाइतेहरु।


नेपालखबर
कात्तिक १८, २०८० शनिबार १४:२८, काठमाडौँ

गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भूकम्प पीडितहरूका लागि विश्व खाद्य कार्यक्रमले ५ मेट्रिक टन चामल पठाउने भएको छ। 

सूचना, सञ्चार तथा प्रविधि मन्त्रालय स्रोतका अुनसार आजै ५ मेट्रिकटन चामल पीडितका लागि पठाइने भएको हो। 

जाजरकोटका लागि ३ र रुकुमपश्चिमका लागि २ मेट्रिक टन चामल नेपालगन्ज, सुर्खेत हुँदै पीडित भएको ठाउँसम्म पठाउन लागिएको हो। 

गएराति जाजरकोटको बारिकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

भूकम्पमा परी १३८ जनाको निधन भएको र १६३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .