चिकित्सकमाथि कुटपिट गरेको विरोधमा पाटन अस्पतालका चिकित्सकसहितका स्वास्थ्यकर्मीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन्।
चिकित्सकमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न माग गर्दै आवासीय चिकित्सकहरुनै विरोध प्रदर्शनमा उत्रिएपछि सो अस्पतालको आकस्मिक बाहेकका सबै सेवा ठप्प भएको हो।
प्रचलित कानून बमोजिम चिकित्सकमाथि आक्रमण गर्नेहरुलाई कारबाही नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चिकित्सक डा. दिक्षान्त आचार्यले चेतावनी दिए।
उनले चिकित्सकलाई बन्धक बनाउने, कुटपिट गर्नेलाई कारबाही गर्ने काम नगरेको भन्दै सरकार र प्रहरी प्रशासनप्रति पनि आक्रोश व्यक्त गरे।
30
Shares
प्रतिक्रिया