ad ad

समाज


भूकम्पपीडितलाई कलाकर्मीले पनि गरे सहयोग

भूकम्पपीडितलाई कलाकर्मीले पनि गरे सहयोग

नेपालखबर
कात्तिक २३, २०८० बिहिबार ८:८, काठमाडौँ

जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई कलाकर्मीले सहयोग गरेका छन्। 

कलाकारले व्यक्तिगत तथा सङ्घसंस्थामार्फत संकलन गरेको रकम भूकम्पपीडित जनताको पुनःस्थापना र राहतका लागि सरकारले स्थापना गरेको प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा जम्मा गरिएको हो। 

कलाकारको छाता संस्था नेपाल चलचित्र कलाकार सङ्घको तर्फबाट ३९ हजार आठ सय ३१ कोषमा जम्मा गरिएको अध्यक्ष मोहन निरौलाले जानकारी दिए। ‘पीडितको घाउमा मल्हम लगाउने सानो प्रयास गरेका छौँ,’ उनले भने।

चलचित्र निर्माताको संस्था नेपाल चलचित्र निर्माता सङ्घको तर्फबाट उक्त कोषमा एक लाख सहयोग गर्ने अध्यक्ष नवल खड्काले जानकारी दिए। ‘हामी सबैले आ–आफ्नो स्थानबाट सहयोगी भावना देखाउनु आवश्यक छ । निर्माता सदस्यलाई पनि सहयोगका लागि अपिल गरेका छौँ,’ खड्काले भने।

चलचित्र निर्माता सन्तोष सेनले उक्त कोषमा ६१ हजार पाँच सय सहयोग गरेको जानकारी दिए। यस्तै गायक सुनिलसिंह ठकुरीले नेपालगञ्जमा यही कात्तिक २४ गते हुने ‘रक अन फेस्टिभल सेलिब्रेसन विथ सुनिलसिंह ठकुरी’ नामक साङ्गीतिक कार्यक्रम (कन्सर्ट)बाट प्राप्त हुने आम्दानी कोषलाई सहयोग गर्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .