ad ad

समाज


त्रिपाल लिएर रुकुम-पश्चिम पुगे उपप्रधानमन्त्री खड्का

त्रिपाल लिएर रुकुम-पश्चिम पुगे उपप्रधानमन्त्री खड्का

त्रिपालका साथ सुर्खेत विमानस्थलमा उपप्रधानमन्त्री खड्का। तस्बिर : उपप्रधानमन्त्रीको सचिवालय


नेपालखबर
कात्तिक २५, २०८० शनिबार १२:३८, काठमाडौँ

उपप्रधानमन्त्री पूर्णबहादुर खड्का जाजरकोट भूकम्पबाट घरबासविहीन भएका परिवारका लागि त्रिपाल लिएर आज (शनिबार) रुकुम-पश्चिम पुगेका छन्।

एक हजार दुई सय परिवारलाई पुग्ने त्रिपाल लिएर उनी आज बिहान सुर्खेत विमानस्थल हुँदै भूकम्प-प्रभावित क्षेत्र पुगेका हुन्। 

यही कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरी १५४ जनाको मृत्यु भएको छ भने सयाैँ घाइते भएका छन्। हजाराैँ जना घरबारविहीन भएका छन्। 

भूकम्पकै कारण यूएई भ्रमण स्थगन गरेका उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावितको उद्धार र राहतमा जुटेका हुन्। 

स्थानीय तह र प्रशासन र प्रदेश सरकारसँग समन्वय गर्दै राहत अपुग भएका स्थानमा स्थल र हवाईमार्गमार्फत खड्का राहत वितरणमा केन्द्रित रहेको उनको सचिवालयले जनाएको छ। 

उपप्रधानमन्त्री खड्काले भूकम्प प्रभावितले समयमै राहत नपाएको विषयमा सरकार गम्भीर भएको भन्दै आइतबारसम्म सबै पीडितलाई तत्कालीन राहत सामग्री पुर्‍याउनेगरी काम भइरहेको दाबी गरेका छन्। 

उपप्रधानमन्त्री खड्काले रुकुम पुर्‍याएका त्रिपालमध्ये जाजरकोटको भेरी नगरपालिकामा पाँच सय, रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा पाँच सय, मुसिकोट नगरपालिकामा पाँच सय, सल्यानको बाँफीकोट गाउँपालिकामा दुई सय ९२ र सल्यानकै त्रिवेणी गाउँपालिकामा पाँच सय वटा वितरण गरिनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .