ad ad

समाज


रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन दुईपटक भूकम्पको धक्का

रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन दुईपटक भूकम्पको धक्का

गत कात्तिक १७ गते रातिको भूकम्पले जाजरकोटमा भएको क्षति।


नेपालखबर
मंसिर ४, २०८० सोमबार ५:३५, काठमाडौँ

रुकुमपूर्व केन्द्रबिन्दु भएर एकैदिन आइतबार भूकम्पको दुई धक्का गएका छन्। 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आइतबार दिउँसो २ बजेर ५९ मिनेट जाँदा रुकुमपूर्वको तकसेरा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको हो। 

यसपछि पुनः आइतबारै अपराह्न ४ बजेर ४७ मिनेट जाँदा रुकुमपूर्वकै हुकाम केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुमपश्चिममा गरेर १५४ जनाको मृत्यु भएको थियो भने सयौँ घाइते भएका थिए। आसपासका जिल्लासमेत गरी भूकम्पले ३५ हजारभन्दा बढी घरमा क्षति पुगेको छ। 

त्यसयता पटकपटक परकम्प गइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .