ad ad

समाज


बल्खुमा प्रसाईंका समर्थक : कोही बदाम छोडाउँदै, कोही काँक्रो टोक्दै (तस्बिर)

बल्खुमा प्रसाईंका समर्थक : कोही बदाम छोडाउँदै, कोही काँक्रो टोक्दै (तस्बिर)

विशाल कार्की/सरोज नेपाल
मंसिर ७, २०८० बिहिबार २१:४६, काठमाडौँ

बिहीबार दिनभर राज्यका सुरक्षा निकायदेखि आम सर्वसाधरणसम्मको चासो काठमाडौँमा भएका दुई समूहबीचको प्रदर्शनमा केन्द्रीत थियो। 

नेकपा एमालेको भ्रातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ को प्रदर्शन एकैदिन तय भएको थियो। 

दसैँअघिदेखि नै प्रचार गरिएको ‘मंसिर–७’को आन्दोलनमा हुनसक्ने सम्भावित घटनाको बारेमा सुरक्षा निकाय तयारी अवस्थामा बसेको थियो।

सम्भावित घटना हुन नदिन प्रशासनले प्रसाईंको समूहलाई बल्खु र युवा संघको टोलीलाई तीनकुनेमा ठाउँ तोकिएको थियो। सुरक्षा निकायको पूर्वानुमान अनुसार युवा संघको कार्यक्रम शान्त नै हुने तर प्रसाईंकोमा केही घटना घट्नसक्थ्यो।

भयो पनि त्यस्तै। तीनकुनेमा भएको युवा संघको प्रदर्शनमा ठूलो घटना घटेन।

बल्खुमा भने दुई–दुई पटकसम्म घम्साघम्सी चल्यो। सुरुमा युवा संघको टोलीमाथि जाइलागेको प्रसाईंको टोली पछि प्रहरीमाथि नै जाइलाग्यो। 

१५७ सेल अश्रुग्यास र ५ राउन्ड गोलीसहित प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि भने भीड तितरवितर भयो। 

त्यसपछि बल्खुमा भेला भएका प्रसाईंका समर्थकहरू छरिए। केही बदाम छोडाउँदै सडकमा बसेका थिए भने केही चाहिँ गर्मी छल्न कांक्रो लगायतका फलफूलको साहारा खोजिरहेका थिए। 

बल्खुमा केही समर्थकहरूले टायर बालेर प्रदर्शन गरिरहँदा केही राष्ट्रिय झण्डासहित सडकमा देखिएका थिए। केही भने प्रहरीहरूलाई मिनरल वाटर बाँडिरहेका छन्।

हेरौं बल्खुमा देखिएका केही दृश्यः

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .