ad ad

समाज


धर्माचार्य गुरु रिजालसहित प्रसाईंको अभियानका केन्द्रीय सचिवालय सदस्य पक्राउ

धर्माचार्य गुरु रिजालसहित प्रसाईंको अभियानका केन्द्रीय सचिवालय सदस्य पक्राउ

नेपालखबर
मंसिर १२, २०८० मंगलबार १७:३९, काठमाडौँ

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको  ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’को प्रदर्शनमा सहभागी भएका धर्माचार्य पं तिलक रिजाल पक्राउ परेका छन्। 

मंगलबार दिउँसो बेकंटेश (तिरुपति बालाजी) बत्तिसपुतलीबाट रिजाललाई प्रहरीले पक्राउ परेको हो। 

त्यस्तै, उनीसँगै सोही अभियानका अर्का एक जना पनि पक्राउ परेका छन्। अभियानका केन्द्रीय सचिवालय सदस्य सानु पूर्वाछानेलाई पनि प्रहरीले पक्राउ गरेको हो। 

प्रसाईं पक्षका समर्थकहरूले बिना कारण प्रहरीले पक्राउ गरेको दाबी गरेको छ। 

गत मंसिर ७ गतेदेखि काठमाडौँका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेको सो गणतन्त्रविरोधी अभियान्ताहरूलाई प्रहरीले पक्राउ गरिरहेको छ। 

हिजो (सोमबार) पनि गौशालाबाट प्रहरीले धर्मगुरु भनिने आचार्य श्रीनिवाससहितका अन्य १० जनालाई पक्राउ गरेको थियो। 

उनीहरूलाई गौशालास्थित प्रहरी वृत्तमा राखिएको छ। 

अभियानका अध्यक्ष मण्डलका सदस्य हरि कार्कीका अनुसार प्रहरीले आज प्रदर्शन गर्न दिएको छैन। आफ्ना समर्थकहरू बसेको ठाउँमा पनि पुगेर प्रहरीले प्रदर्शनको कार्यक्रम अघि बढाउन नदिएको उनी बताउँछन्। 

‘हाम्रा साथीहरू बसेको ठाउँमा पुगेर प्रहरीले धरपकड गरिरहेको छ,’ कार्कीले नेपालखबरसँग भने, ‘आज पनि बिना कारण हाम्रा साथीहरू पक्राउ परिरहनुभएको छ।’

पार्टी प्यालेसमा प्रहरीले घेरा हालेर बाहिर निस्कन नदिएको उनले बताए।

बल्खुबाट प्रदर्शन सुरु गरेको यो समूहले गौशाला, सिफल लगायतका क्षेत्रमा प्रदर्शन गरिरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .