ad ad

समाज


पाँच दिनदेखि फोहोर थुप्रिँदा उपत्यका अस्तव्यस्त, रोग फैलिने खतरा

पाँच दिनदेखि फोहोर थुप्रिँदा उपत्यका अस्तव्यस्त, रोग फैलिने खतरा

नेपालखबर
असार १५, २०७६ आइतबार ३:५२,

पाँच दिनदेखि फोहोर थुप्रिँदा काठमाडौं उपत्यका अस्तव्यस्त भएको छ।

उपत्यकाको फोहोर फाल्ने गरिएको स्थान नुवाकोटस्थित सिसडोलका बासिन्दाले अवरोध गरेपछि फोहोर व्यवस्थापन हुन नसकेकाे हाे। 

विभिन्न माग राख्दै त्यहाँका बासिन्दाले उपत्यकाबाट फोहोर लिएर गएका गाडी रोकेपछि पाँच दिनयता फोहोर फाल्न नपाइएको हो।

फोहोर थुप्रिएका कारण काठमाडौं उपत्यकामा दुर्गन्ध फैलिएको छ। जसबाट गम्भीर खालका रोग फैलन सक्ने खतरा बढेको चिकित्सकले बताएका छन्।

प्रतिकूल मौसम तथा घना बस्ती रहेकाले उपत्यकामा छिट्टै संक्रमण फैलने खतरा रहेको चिकित्सकको भनाइ छ।

उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ। यस अवधिमा ५ हजार टनभन्दा बढी फोहोर जम्मा भइसकेकाे छ।

अहिले उपत्यकावासी नाक थुनेर हिँड्न बाध्य छन्।  

सिसडोलवासी आफ्ना माग सम्बोधन नहुँदासम्म फोहोर फाल्न नदिने अडानमा छन्।

सिसडोल फाेहाेरले भरिइसकेका कारण अस्तव्यस्त भएकाले अब फोहोर फाल्न बन्द गर्नुपर्ने र डम्पिङ साइटबाट सिर्जित समस्या समाधान गर्नुपर्ने माग स्थानीय वासिन्दाकाे माग छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .