मकवानपुरको थाहानगरमा सवारी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।
शनिबार बेलुका मकवानपुरको थाहा नगरपालिका ९ चित्लाङ स्थित भित्री सडक खण्डमा बस र मोटरसाइकल ठोक्किँदा १ जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ। मृत्यु हुनेमा मोटरसाइकल चालक थाहा नगरपालिका १० बस्ने ३० वर्षीय मनोज गमाल रहेका छन्।
काठमाडौंबाट चित्लाङतर्फ आउँदै गरेको बा४ ख ८७७३ नम्बरको बस र बिपरित दिशाबाट आउँदै गरेको बा६५प ४१७६ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक मनोज र थाहा नगरपालिका १० कै शम्भु गमाल घाइते भएका थिए।
मनोज गम्भीर घाइते भई उपचारको लागि ट्रमा सेन्टर काठमाडौं लगेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार मोटरसाइकल पछाडी सवार शम्भुको मनमोहन अस्पताल काठमाडौंमा उपचार भइरहेको तथा अवस्था सामान्य रहेको छ। मोटरसाइकल, बस र बस चालक ईलाका प्रहरी पालुङको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया