अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने बर्दियाका एक जना पक्राउ परेका छन्। बर्दियाको मधुवन नगरपालिका–६ घइ भई हाल ललितपुर गोदावरी नगरपालिका–१० बस्ने अभिषेक श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो।
उनले अमेरिका जान ३५ लाख लाग्ने र पुगेपछि मासिक ३ लाख तलब हुने भन्दै नविन खड्कालाई प्रलोभनमा पारेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशकि रोजगार विभाग ताहाचल पठाइएको रेग्मीले जानकारी दिए।
537
Shares
प्रतिक्रिया