साउथ अफ्रिका पठाइदिन्छु भनी ठगी गर्ने झापाका एक जना पक्राउ परेका छन्। झापाको विर्तामोड नगरपालिका–४ घर भई हाल काठमाडौँ–७ गौरीघाट बस्ने अन्जेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
गिरीले विजय खत्रीसहित २ जनालाई रोजगारीका लागि साउथ अफ्रिका पठाइदिन्छु भनी प्रतिव्यक्ति साढे ८ लाख लाग्ने र पुगेपछि मासिक १ लाख २० हजार तलब हुने प्रलोभनमा पारी ठगी गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए।
उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशकि रोजगार विभाग ताहाचल पुर्याइएको रेग्मीले जानकारी दिए।
प्रतिक्रिया