संघीय राजधानीमा रहेको यातायात व्यवस्था सेवा कार्यालय सानो भर्याङ स्वयम्भूमा कार्यरत अधिकृत शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ।
अख्तियारको टंगालबाट खटिएको टोलीले पौडेल र खतिवडालाई घुस लेनदेन गर्दैगर्दा नियन्त्रणमा लिएको हो।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार खतिवडाले पौडेललाई सवारी कर र प्रदूषणबापतको रकम तिर्नका लागि १३ हजार घुस दिएका थिए। सोही क्रममा आयोगको टोलीले दुवैलाई नियन्त्रणमा लिएको थियो।
आइतबार नियन्त्रणमा लिएका दुवैविरुद्ध अनुसन्धान भइरहेको कोइरालाले जानकारी दिए।
3
Shares
प्रतिक्रिया