ad ad

समाज


बालेन्द्रको पोस्टमा कर्मचारीको ५ गोल

बालेन्द्रको पोस्टमा कर्मचारीको ५ गोल

तस्बिर सौजन्य : काठमाडौँ महानगरपालिका


नेपालखबर
मंसिर २५, २०८० सोमबार १३:५८, काठमाडौँ

२९ औँ महानगर दिवसको अवसरमा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार बिहान भएको खेलमा महानगर प्रमुख बालेन्द्र शाह नेतृत्वको टीमलाई कर्मचारीको टीमले ५ गोल हानेको छ। 

खेलमा जनप्रतिनिधिको नेतृत्व प्रमुख बालेन्द्र शाह (बालेन) र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले गरेका थिए।

कर्मचारीकातर्फबाट जीवन थापाले ३ गोल र सविन लामाले २ गोल गरेका थिए। यस्तै, जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले १ गोल र नविन भण्डारीले २ गोल गरेका थिए।

महानगर दिवस, प्रतियोगिता सञ्चालन उपसमितिले खेलको आयोजना गरेको हो।

खेलको सुरुवात गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ्ले रेफ्री ओम न्पौपानेलाई र रेफ्री न्यौपानेले महानगरका प्रमुख शाह र उपप्रमुख एवं महानगर दिवस मूल समारोह समितिकी संयोजक सुनिता डंगोललाई फुटबल हस्तान्तरण गरेका थिए।

जनप्रतिनिधि र कर्मचारी बिचको मैत्री खेल उदाहरण भएको महानगरले जनाएको छ। यसले आन्तरिक समन्वयलाई बिम्बित गर्ने विश्वास महानगरले लिएको छ। 

महानगर दिवसका कार्यक्रमअन्तर्गत २७ गते बाँसुरी बादन प्रतियोगिता, २८ गते गुरु सम्मान र २९ गते मूल समारोह हुने महानगरपालिकाले जानकारी गराएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .