ad ad

समाज


मंसिर २८ देखि काठमाडौँमा २० औँ हस्तकला व्यापार मेला हुँदै

मंसिर २८ देखि काठमाडौँमा २० औँ हस्तकला व्यापार मेला हुँदै

नेपालखबर
मंसिर २५, २०८० सोमबार १७:५७, काठमाडौँ

मंसिर २८ गतेदेखि पुस २ गतेसम्म २० औँ हस्तकला व्यापार मेला हुने भएको छ।

नेपाल हस्तकला महासङ्घको आयोजनामा काठमाडौंको अन्नपूर्ण होटेलमा २० औँ हस्तकला व्यापार मेला आयोजना हुने भएको हो। सोमबार महासंघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महासंघले अन्तर्राष्ट्रिय बजारको माग र अवस्थाका बारेमा उद्यमी व्यवसायीहरूमा जानकारी आदान प्रदान गर्नु मेलाको मुख्य उद्देश्यले मेलाको आयोजना गर्न लागेको बताएको छ।

महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला व्यापार मेलासँगै १८ औँ हस्तकला प्रतियोगिता आयोजना समेत आयोजना गरिने बताए। उनले मेलाको मुख्य उद्देश्य निर्यातयोग्य वस्तु उत्पादन गर्न उद्यमीहरूलाई प्रोत्साहित गर्ने र अन्तर्राष्ट्रिय बजारका आयातकर्ताहरूको चाहनाअनुरूप वस्तु डिजाइन गर्ने रहेको पनि बताए। 

मेलामा स्वदेशी र विदेशी क्रेता तथा विक्रेता बीच एक आपसमा सीप, प्रविधि, डिजाइन र ज्ञानको आदान प्रदान हुने समेत बताए। उनले मेलामा महासंघको १ करोड बढी खर्च हुने पनि बताए। 

मेलाको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडलबाट गर्ने कार्यक्रम रहेको छ। मेला अवलोकनका लागि नेपाल सरकारका मन्त्री, उच्च पदस्थ अधिकृतहरू, नेपालस्थित विभिन्न मुलुकका कुटनैतिक नियोगका राजदुतहरूको समेत उपस्थित रहने बताइएको छ।

मेलामा हस्तकलाका वस्तुहरूको करिब १३० वटा स्टलहरू रहने छन्। मेलामा पाकिस्थान,बंगलादेशका व्यवसायीहरुको समेत स्टल रहनेछ।

त्यस्तै हस्तकला प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार नगदसहित प्रमाणपत्र,द्वितीय हुनेलाई ३० हजार र तृतिय हुनेलाई २० हजार रुपैयाँ नगद पुरस्कार रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .