काठमाडौँमा छैटौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा दिवस मनाइएको हो।
‘हाम्रो सान हाम्रो स्वाभिमान, राष्ट्रिय झण्डा हाम्रो पहिचान’ नारा दिइएको कार्यक्रम आइतबार बिहान बसन्तपुर डबलीबाट र्यालीसहित रत्नपार्कको शान्ति बाटिकामा पुगेर कोणसभामा परिणत भएको थियो। प्रतिष्ठानले हरेक वर्ष पुस १ गते राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय टोपी दिवस तथा राष्ट्रिय पोसाक दिवस मनाउँदै आएको छ।
168
Shares
प्रतिक्रिया