ad ad

समाज


हटाइयो महोत्तरीको एकडारामा फहराएको हरियो रंगको राष्ट्रिय झण्डा

हटाइयो महोत्तरीको एकडारामा फहराएको हरियो रंगको राष्ट्रिय झण्डा

नेपालखबर
पुस ३, २०८० मंगलबार १२:०, काठमाडौँ

एक सातादेखि महोत्तरीको एक गाउँमा फहराइएको हरियो रंगको राष्ट्रिय झण्डा युवाहरूले हटाएका छन्। 

महोत्तरीको एकडारा गाउँपालिका-५, बहेडा (इस्लामपुर टोल)  रंग परिवर्तन गरी लगाइएको राष्ट्रिय झण्डा युवाहरूले हटाएका हुन्।

हिन्दु सम्राट नेपालका सचिव तथा संगठन विभाग प्रमुख निरज साहले संविधानमा व्यवस्था गरिएको भन्दा फरक रंगको झण्डा गाडिएकाले हटाइएको जानकारी दिए। 

तर, उक्त झण्डा कसले के प्रयोजनका लागि फहराएको खुलेको छैन। 

नेपालको झण्डा त्रिभुज आकारको रहने गरेको छ। नेपालको संविधान, २०७२ को अनुसूची १ मा यसबारे विस्तृत चर्चा गरिएको छ। 

नेपालको संविधान, २०७२ को धारा ८ मा उल्लेख भए बमोजिम सिम्रिक रंगको भुइँ र गाढा नीलो रंगको किनारा भएको दुई त्रिकोण अलिकति जोडिएको, माथिल्लो भागमा खुर्पे चन्द्रबीचमा सोह्रमा आठ कोण देखिने सेतो आकार र तल्लो भागमा बाह्र कोणयुक्त सूर्यको सेतो आकार अंकित भएकोलाई नेपालको राष्ट्रिय झण्डा भनिएको छ।

सानो माथिल्लो त्रिकोणमा सेतो शैलीकृत चन्द्रमा (तेर्सो अर्ध चन्द्रमामा उदाउँदो सूर्य) र ठुलो तल्लो त्रिकोणमा सेतो बाह्र-सूचक सूर्य राखिएको छ। 

कारबाही 
राष्ट्रिय झण्डाको अपमान हुने गरी प्रयोग गरिएमा तीन वर्षसम्म कैद सजाय हुने उल्लेख छ।

नेपालको अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

ऐनको १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षतिसम्बन्धी शीर्षकमा भनिएको छ, ‘कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .