ad ad

समाज


गभर्नर अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

गभर्नर अधिकारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८० बिहिबार १४:३५, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको शैक्षिक योग्यतामा प्रश्न उठाउँदै सर्वोच्च अदालतमा रिट दायर भएको छ। 

अधिवक्ताहरू दीपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिम्सिना र चूडामणि भण्डारीले बिहीबार रिट दर्ता गराएका हुन्। 

मन्त्रिपरिषद् र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइएको रिटको पेशी यही शुक्रबारलाई तोकिएको छ।

नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २० गभर्नरका लागि शैक्षिक योग्यता न्यूनतम् स्नातकोत्तर तोकिएको छ। तर, गभर्नर अधिकारीको शैक्षिक योग्यता नपुगेको दाबी निवेदकको छ। 

अधिकारी उक्त पदका लागि योग्य नरहेको भन्दै नियुक्ति बदरको मागसमेत गरिएको छ। 

गभर्नर अधिकारीको योग्यता चार्टर्ड एकाउण्टेण्ट मात्रै रहेको र त्यो स्नातकोत्तर वा सोसरह नभएको रिटमा उल्लेख छ। 

गभर्नर अधिकारीको शैक्षिक योग्यताको विषयमा यसअघि रिट परेको थियो। तर उक्त रिट सर्वोच्चले खारेज गरिदिएको थियो। 

०७६ चैत २४ मा सरकारले अधिकारीलाई गभर्नर नियुक्त गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .