ad ad

समाज


बालुवाटार जग्गा अनियमितता : गच्छदारसहित १०० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

बालुवाटार जग्गा अनियमितता : गच्छदारसहित १०० जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता

नेपालखबर
माघ २२, २०७६ बुधबार ११:७,

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा अनियमितता प्रकरणमा संलग्नमाथि मुद्दा दायर गर्ने तयारी गरेको छ। आयोगको टोली उक्त मुद्दा दर्ता गर्न बुधबार विशेष अदालत पुगेको हो।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जग्गा प्रकरणमा संलग्नविरुद्धको मुद्दा लिएर आयोगको टोली अदालत आइपुगेको नेपालखबरलाई जानकारी दिए।

उनले भने, ‘आयोगको टोली आइपुगेको छ, हामी रुजु गर्दै छौँ। फाइल निकै ठूलाे भएका कारण रुजु गर्न समय लागेकाे छ। १०० जनाभन्दा बढिका विरुद्ध मुद्दा दर्ता हुने क्रममा छ।’

जग्गा अनियमितताबारे बाहिर आएपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि अनुसन्धान गरी प्रतिवेदन केही दिनअघि मात्रै बुझाएको थियो।

सयौँ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल, नेपाली कांग्रेसका नेता विजय कुमार गच्छदार, अख्तियारकै पूर्वप्रमुख दीप कुमार बस्न्यात लगायत विभिन्न नेता तथा उच्चपदस्थ कर्मचारीको समेत मिलेमतो भएको आरोप छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सम्पादकहरुसँगको अन्तरक्रियामा बालुवाटार प्रकरणको मुद्दा छिटै अदालत पुग्ने बताएका थिए।

उनले प्रहरी र प्रशासनलाई कुनै दबाबबिना काम गर्न निर्देशन दिएको दाबी गर्दै अदालतबाट स्वतन्त्र निर्णय हुने बताएका थिए।

सरकारले २०७५ फागुन २८ गते ललिता निवासको जग्गा हिनामिनाको अनुसन्धान गर्न सीआईबीलाई जिम्मा दिएको थियो।

सीआईबीले गतसाता प्रतिवेदन सरकारलाई बुझाएको थियाे।

स्रोतका अनुसार उच्चपदस्थ सरकारी अधिकारी तथा मालपोत, नापी र गुठी संस्थानका कर्मचारीले जग्गा दलाल (भूमाफिया) सँग मिलेर बालुवाटार जग्गा व्यक्तिको नाम गराएकोे निष्कर्षसहितको प्रतिवेदन उल्लेख छ। प्रतिवेदनमा जग्गा अनियमिततामा संलग्नहरुमाथि भ्रष्टाचार, ठगी र किर्तेको अभियोगमा कारवाहीको सिफारिस गरिएको छ।

सीआईबीले बुझायो ललिता निवास जग्गा प्रकरणको प्रतिवेदन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .