काटमाडौँबाट धनगढीका यात्रु लिएर उडेको श्री र बुद्ध एयरका दुई जहाज सुर्खेत विमानस्थलमा अवतरण भएका छन्।
धनगढीको मौसक नखुलेको कारण बुधबार १२ बजे ती जहाज सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो।
सुर्खेत नागरिक उड्डयन कार्यालयकाअनुसार अन्य कुनै कारण नभएर मौसम खराबीका कारणले दुई जहाज सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो।
श्री एयरलाइन्सको ३२१ र बुद्ध एयरलाइन्सको २५१ नम्बरको जहाज सुर्खेत विमानस्थलमा अवतरण भएका कार्यालयले जनाएको छ।
सुर्खेतस्थित विमानस्थल कार्यालयका अनुसार बिहानसम्म धनगढीको मौसम सफा थियो। काठमाडौँबाट जहाज उठिसकेपछि धनगढीको मौसम खराब भएपछि सुर्खेत विमानस्थलमा अवतरण गरिएको हो।
यी दुई विमान अब यात्रु र क्याप्टेनको सल्लाह अनुसार धनगढीको मौसम खुलेपछि धनगढी नभएर काठमाडौँ फिर्ता हुनेछन्।
5.6k
Shares
प्रतिक्रिया