ad ad

समाज


रामबहादुर बम्जनको घरबाट बरामद झन्डै साढे ३ करोड सार्वजनिक (तस्बिर)

रामबहादुर बम्जनको घरबाट बरामद झन्डै साढे ३ करोड सार्वजनिक (तस्बिर)

रामबहादुर बम्जनको घरबाट बरामद रकम सार्वजनिक गर्दै प्रहरी। तस्बिर : सरोज नेपाल


नेपालखबर
पुस २५, २०८० बुधबार १५:९, काठमाडौँ

बाल यौन शोषण मुद्दा लागेका ‘तपस्वी’ रामबहादुर बम्जनको काठमाडौँस्थित घरबाट प्रहरीले झन्डै साढे ३ करोड रुपैयाँ बरामद गरेको छ। 

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिकामा पर्ने हात्तीगौँडास्थित बम्जनको घर खानतलासी गर्दा विदेशी र स्वदेशी मुद्रा गरेर ३ करोड ३४ लाख ३७ हजार ९ सय ६ रुपैयाँ बरामद भएको हो। 

मंगलबार साँझ बम्जनलाई पक्राउ गरिसकेपछि प्रहरीले उनको घर खानतलासी गरेको थियो।

त्यस क्रममा नेपाली रुपैयाँ ३० लाख ९२ हजार ४०६ नेपाली रुपैयाँ बराबरका १७ देशका मुद्रा र ३ करोड ३ लाख ७५ हजार ५ सय रुपैयाँ बराबरका नेपाली नोट बरामद भएको सीआईबीले जनाएको छ।  

सीआईबीले बुधबार दिउँसो महाराजगन्जस्थित आफ्नो कार्यालयमा पत्रकार सम्मेलन गरी बम्जनसँगै उनीबाट बरामद रकम सार्वजनिक गरेको हो। 

यसैगरी मोटरसाइकलका ब्ल्युबुक, टोयटा हिलक्स गाडीको चाबी, विभिन्न ब्रान्डका पेनड्राइभ, सोनी लेखिएको भ्वइस रेकर्डर, विभिन्न ब्रान्डका मेमोरी कार्ड, ल्यापटप, मोबाइल र आई–प्याड तथा ट्याप बरामद गरिएको सीआईबीले जनाएको छ। साथै विभिन्न कागजात पनि फेला परेको प्रहरीले जानकारी दिएको छ। 

थप तस्बिर-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .