ad ad

समाज


भिजिट भिसालाई सहज र व्यवस्थित बनाइने

भिजिट भिसालाई सहज र व्यवस्थित बनाइने

नेपालखबर
पुस २६, २०८० बिहिबार १९:४८, काठमाडौँ

भिजिट भिसामा विदेश जाने विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ।

त्यसका लागि बिहीबार गृहमन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित श्रममन्त्री शरदसिंह भण्डारी तथा परराष्ट्र, शिक्षा, श्रम सचिव र सम्बद्ध पदाधिकारीको बैठक भएको छ। 

बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नु आवश्यक रहेको निष्कर्ष निकालेको छ। अब प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपछि अन्तिम निर्णय गर्ने निष्कर्ष बैठकमा निस्किएको छ। 

बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन दिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .