अक्युपाई टुँडिखेल अभियानले खुलामञ्चमा खेलकुद मैदान बनाउन नहुने जनाएको छ।
अभियानका संयोजक विजय श्रेष्ठले आइतबार प्रेस विज्ञप्ति जारी गरी खुलामञ्चमा काठमाडौँ महानगरपालिकाले दुईवटा फुटबल ग्राउण्ड निर्माण गर्न लागेको भन्दै त्यसप्रति चासो देखाएका हुन्।
‘खेलमैदान काठमाडौँको आवश्यकता हो, यसमा दुईमत रहन सक्दैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तर, खुलामञ्चको आफ्नै सांस्कृतिक, ऐतिहासिक, प्राकृतिक महत्व छ। खुलामञ्च सभा सम्मेलन गरी आएको ऐतिहासिक क्षेत्र हो भने लोकतान्त्रिक गणतन्त्र नेपाल प्राप्तीको लागि महत्वपूर्ण क्षेत्र र जीवन दायिनीसमेत हो। खुलामञ्चमा दुईवटा फुटबल ग्राउण्ड निर्माण हुँदा यहाँ अन्य कार्यहरु हुन नसक्ने देखिन्छ।’
हेर्नुहोस् अभियानको विज्ञप्ति
114
Shares
प्रतिक्रिया