ad ad

समाज


त्रिशूलीमा खसेको गाडीका चालक नारायणघाटतिर गएको आशंका

त्रिशूलीमा खसेको गाडीका चालक नारायणघाटतिर गएको आशंका

नेपालखबर
माघ २, २०८० मंगलबार ११:५६, काठमाडौँ

मंगलबार बिहान त्रिशूलीमा खसेको भारतीय नम्बरको गाडीका चालक नारायणघाटतिर गएको सूचना प्रहरीले पाएको छ। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी श्रीराम भण्डारीका अनुसार गाडी दुर्घटनास्थलबाट निस्किएका एक जना सार्वजनिक गाडी चढेर नारायणघाटतिर गएको ट्यांकर चालकले प्रहरीलाई जानकारी दिएका छन्। 

ती चालकले दिएको जानकारीअनुसार त्रिशूलीबाट बाहिर निस्किएका व्यक्ति पूरै भिजेको अवस्थामा छन्। अहिले प्रहरीले ती व्यक्तिको खोजि गरिरहेको छ। 

मंगलबार बिहान ४ः४० बजेको समयमा चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन नारायणगढ सडकखण्डको ३ नम्बर पुल नजिक त्रिशूली नदीमा पानीभित्र गाडीको लाइट बलेको जस्तो छ भन्दै अपुष्ट सूचना प्रहरीलाई आएको थियो। 

सूचना पाएलगत्तै घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिन र जिल्ला प्रहरी कार्यालय चितवनबाट प्हरी टोली खटि गएको थियो। प्रहरी पुगेर हेर्दा उक्त स्थानमा गाडी दुर्घटना भएको पुष्टि भएको थियो। 

त्यसपछि कुरिनटारस्थित सशस्त्र प्रहरीको गोताखोरलाई खबर गरिएको थियो। गोताखोरले खोजी गर्दा नदीभित्र बीआर०९जीसी१४३० भारतीय नम्बरप्लेट भएको सेतो रंगको सिंगलक्याप भएको बोलेरो फेला परेको थियो। 

तर उक्त स्थानमा मानिस भने फेला परेका छैनन्। उक्त बोलेरोमा कति मानिस थिए भन्ने पनि खुलेको छैन। 

गोताखोरले बोलेरोलाई डोरीले बाँधेर राखेको छ। नदीभित्र पनि थप खोजीकार्य चलिरहेको प्रहरीले जानकारी दिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .