नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का प्रमुख कार्यकारी (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन्।
कार्यकाल एक वर्ष बाँकी छँदै खतिवडाले राजीनामा दिएका हुन्। उनी २०७७ पुस २९ गते चार वर्षका लागि निफ्राको सीईओ नियुक्त भएका थिए।
उनले एक वर्ष कार्यकाल बाँकी छँदै बैंक छाड्ने निधो गरेका हुन्। उनले बैंकसँग यसअघि गरेको सेवा करारलाई निरन्तरता दिन असमर्थ रहेको बताउँदै राजीनामा बुझाएका थिए।
खतिवडाको राजीनामालाई पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गर्दै नायब महाप्रबन्धक सूर्य बहादुर तामाङलाई कायममुकायम सीईओको जिम्मेवारी तोकिसकेको छ ।
खतिवडाले खाईपाई आएको तलब सुविधा राष्ट्र बैंकले कटौती गर्न खोजेपछि उनले राजीनामा दिएका स्रोतको भनाइ छ।
राष्ट्र बैंकले निफ्रा सीईओ खतिवडाको तलब सुविधा राष्ट्र बैंकको गाइडलाइनभन्दा अधिक भएकाले तत्कालै सच्याउन निर्देशन दिएको थियो ।
खतिवडाले भने खाईपाई आएको सुविधा घट्ने गरी जागिर नखाने अडान राखेका थिए। राष्ट्र बैंकले आफ्नो निर्णय पुनवरवलोकन नगर्ने निष्कर्ष सुनाएपछि खतिवडाले बैंक छाड्ने निर्णय गरेको स्रोतले बतायो।
Shares
प्रतिक्रिया