ad ad

समाज


फोनबाट धम्की दिँदै १५ लाख फिरौती माग्ने तीन युवा पक्राउ

फोनबाट धम्की दिँदै १५ लाख फिरौती माग्ने तीन युवा पक्राउ

नेपालखबर
माघ ४, २०८० बिहिबार १२:१५, काठमाडौँ

मार्ने धम्की दिँदै फिरौती माग्ने तीनजना युवक चिवतनमा पक्राउ परेका छन्। 

प्रहरीले भरतपुर महानगरपालिका–२१ का २७ वर्षीय सरोज सुनार, वडा नं १ का २६ वर्षीय दीपक विक र वडा नं २६ का २५ वर्षीय सागर विकलाई पक्राउ गरेको हो। 

अभियुक्तहरूले रुपन्देही घर भई हाल भरतपुर महानगरपालिका–१ मा व्यापार गर्ने करन गुप्तालाई अपरिचित एनसेल नम्बरबाट फोन गरी धम्की दिँदै आएका थिए। 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रीराम भण्डारीका अनुसार उनीहरुलाई आपराधिक षड्यन्त्र मुद्दामा म्याद थप गरी अनुसन्धान थालिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .