ad ad

खेल


त्रिभुवन आर्मीको दोस्रो जित, कोशी प्रदेश ९ विकेटले पराजित

साहब आलमको घातक बलिङ, कुबल मल्लको उत्कृष्ट ब्याटिङ
त्रिभुवन आर्मीको दोस्रो जित, कोशी प्रदेश ९ विकेटले पराजित

नेपालखबर
माघ ४, २०८० बिहिबार १२:१९, काठमाडौँ

साहब आलमको घातक बलिङ र कुबल मल्लको उत्कृष्ट ब्याटिङमा त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा दोस्रो जित निकालेको छ। 

आर्मीले कोशी प्रदेशमाथि ९ विकेटको सानदार जित निकालेको हो। 

कोशी प्रदेशले दिएको ८९ रनको झिनो लक्ष्य आर्मीले ९.५ ओभरमा १ विकेटको क्षतिमा भेट्टायो। 

पहिलो विकेटका लागि ओपनर इमरान शेख र सन्तोष कार्कीले ८.३ ओभरमा ६९ रनको साझेदारी गरेपछि आर्मी सहज जिततर्फ अघि बढेको थियो। 

२५ बलमा ५ चौका र १ छक्का प्रहार गरेका शेख ३२ रनमा सुजन थपलियाको बलमा बोल्ड आउट भए। 

सन्तोष कार्की ३२ र कुशल मल्ल २२ रनमा नटआउट रहे। कार्कीले २७ बलमा ६ चौका र १ छक्का हान्दै अविजित रहे। 

मल्लले ७ बलमा ४ चौका र १ छक्का प्रहार गरे। 

त्यसअघि माथिल्लो मूलपानी क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमा अल आउट भयो।

कोशीलाई कम स्कोरमा रोक्न आर्मीका साहब आलम एक्लैदे ६ विकेट लिए। ६.४ ओभर बलिङ गरेका उनले ३ मेडन राख्दै माज्ञ १४ रन खर्चे। 

किफायती बलिङ गरेका कुशल मल्लले २ विकेट लिए। ५ ओभर बलिङ गरेका उनले ३ मेडनराख्दै मात्र २ रन दिए। सोमपाल कामी र विवेक यादवले समान एक् विकेट लिए। 

कप्तान अंकित सुवेदीले बनाएको ४१ रन नै कोशीका लागि सर्वाधिक रह्यो। उनले ३७ बलमा ९ चौका प्रहार गरे। 

अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्। पाँच ब्याटर शून्य रनमा नै पवेलियन फर्के।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .