ad ad

समाज


कटन क्यान्डीमा भेटियो मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य रंग

कटन क्यान्डीमा भेटियो मानव स्वास्थ्यलाई हानि गर्ने अखाद्य रंग

नेपालखबर
माघ ८, २०८० सोमबार ११:४१, काठमाडौँ

बालबालिकाले मन पराएर खाने कटन क्यान्डीमा मानव स्वास्थ्यलाई गम्भीर असर पार्ने अखाद्य पदार्थ भेटिएको छ।

काठमाडौँसहितका सहरी क्षेत्रका सडक पेटी र पसलमा समेत बेचिने कटन क्यान्डीमा मानव स्वास्थ्यलाई हानी गर्ने अखाद्य रंग भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ।

विभागको प्रयोगशाला गरिएको जाँचबाट मानव स्वास्थ्यमा अवसर पार्ने अखाद्य रंग प्रयोग गरेको पुष्टि भएको हो।

विभागले सोमबार एक सूचना निकालेर ‘खुला रुपमा विक्री वितरण भइरहेको रंगिन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुऱ्याउने अखाद्य रंग रोडा माइन विको प्रयोग भएको’ जनाएको छ।

विभागले अनुज्ञापत्र प्राप्त गरी लेवल लगाइएकाबाहेक खुल्ला रुपमा विक्री गरिने कटन क्यान्डीको उपभोग नगर्न-नगराउन भनेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .