भक्तपुरमा एक महिला मृत फेला परेकी छन्।
सूर्यविनायक नगरपालिका ५ कटुन्जे सडक डिभिजन कार्यालय नजिकै जगत गोसाइको ३ तले घरमा डेरा गरी बस्ने ३५ वर्षीया अनिता थापा मंगलबार बिहान मृत फेला परेकी हुन्।
जिल्ला प्रहरी कार्यालय भक्तपुरका डीएसपी वशन्त पाठकका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका १ घर भएकी अनिता सोमबार बेलुका खाना खाएर सुतेकी थिइन्।
मंगलबार बिहान ९ बजे उनका भाइले घोप्टो परेको अवस्थामा मृत फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धानपछि शव पोष्टमार्टमका लागि केएमसी अस्पताल दुवाकोट पठाएको छ।
93
Shares
प्रतिक्रिया