ad ad

समाज


तारकेश्वर मन्दिरमा शिव महापुराण आयोजना हुँदै

तारकेश्वर मन्दिरमा शिव महापुराण आयोजना हुँदै

नेपालखबर
माघ १०, २०८० बुधबार १३:२२, काठमाडौँ

काठमाडौँको तारकेश्वर नगरपालिकाले पौराणिक तारकेश्वर मन्दिरमा शिव महापुराण लगाउने भएको छ। 

माघ ११ गतेदेखि २३ गतेसम्म तारकेश्वर नगरपालिका वडा नं. ३  पाँचमाने स्थित् तारकेश्वर महादेव मन्दिरमा शिवपुराण लगाउन लागिएको तारकेश्वर नगरपालिकाले जनाएको छ। 

वाचक गुरु नारायण चतुव्र्युहको मुखारबिन्दबाट कथा वाचन हुनेछ। माघ ११ गते ११ बजे शोभा कलश यात्रा, ११ गते नै पुर्वाङ्ग, दिउँसो ३ बजे शिवपुरायणको समुद्घाटन अर्थ मन्त्री डा.प्रकाश शरण महत बाट हुने, लक्ष्यबत्ति दिप प्रज्वलन माघ २२ गते र कार्यक्रम समापन माघ २३ गते दिउँसो ३ बजेदेखि ५ बजेसम्म हुने तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले जानकारी दिए। 

उनका अनुसार सुरम्य शिवपुरी पर्वतको काखमा रहेको ताकेश्वर महादेव मन्दिर हिन्दु धर्मालम्वीहरुको महत्वपूर्ण धार्मिक तीर्थस्थल हो। 

स्कन्दपुराणको श्री स्वास्थानी ब्रतकथामा भए अनुसार सतीदेवीको दाहिने तिघ्रो पतन भएको यस स्थानमा तारकेश्वर महादेव उत्पन्न भइ शिवशक्ति स्वरुपले रहेका हुन भन्ने उल्लेख छ।

यस स्थलमा लक्ष्मीहरुले तपस्या गरेका कारणले यहाँ कुनै पनि अनिकाल नहुने जनविश्वास छ भने असार महिनामा खडेरी पर्दा तारकेश्वर महादेवको रुद्री हवन र पूरा गरेर पानी माग्दा वर्षा हुने गरेको विश्वास रहेको छ।  

पौराणिक कालमा दानवहरुले युद्ध गर्न देवगणले महादेवको प्रार्थना गरी हातहतियार सिद्धि प्राप्त गरेका कारण पूजा अर्चना एवम् जपतप गर्दा मनोकांक्षा समेत पूरा हुने विश्वास रहेको पाइन्छ। त्यस्तै पहिला पहिला स्थानीयले धार्मिक कार्यका लागि भाँडाकुँडा माग्दा प्राप्त हुने गरेकाले लोकोक्ति पनि जाडिएको पाइन्छ। 

नगरपालिका क्षेत्रमा पौराणिक तारकेश्वर महादेव मन्दिर, गृह्रयेश्वरी, मनमैजु, धर्मस्थली, जयन्तीपुर भुवनेश्ववरी, शान्तिधाम बालकुमारी मन्दिर सिद्धेश्वर, सिम्लेश्वर लगायतका पवित्र धार्मिक तिर्थस्थल रहेका छन्।

त्यस्तै नगरपालिका क्षेत्रमा भ्यूटावर, ऐतिहासिक पाँचमाने, झण्डापार्क, तारकेश्वर साङ्ला  अस्पताल, फुटुङ नागपोखरी, ज्येष्ठ नागरिक स्कूलकोको विस्तृत परियोजना प्रस्ताव तयार गरिएको लगायतका पर्यटकीय क्षेत्र रहेको तारकेश्वर नगरपालिकाले जनाएको छ।

२०७१ सालमा मंसिर १६ गते तत्कालिन मन्त्रिपरिषद्ले उक्त क्षेत्रका साविकको सातवटा गाविसलाई समेटिएर तारकेश्वर नगरपालिका घोषणा गरेको हो। 

अहिले ११ वटा वडामा समेटिएको यस नगरपालिकाको पूर्वमा टोखा नगरपालिका, पश्चिममा नागार्जुन, उत्तरमा नुवाकोट र दक्षिणमा काठमाडौँ महानगरपालिका जाडिएको छ। यस नगरपालिकाको कुल क्षेत्रफल ३४.९४  वर्गकिलोमिटरमा फैलिएको छ। 

२०७८ सालको जनगणना अनुसार तारकेश्वर नगरपालिकामा एक लाख ५१ हजार ४७९ जना जनसंख्या रहेको छ। यस नगरपालिकामा विभिन्न जातजाति र भाषाभाषिको बसोबास रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .