पोखरामा बुधबार बिहान दूध बोक्ने बोलेरो गाडी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान सवा ९ बजेतिर पोखराको १८ नम्बर वडामा पर्ने मेथ्लाङबाट पोखराको मुख्य बजार क्षेत्र झर्दै गरेको ग ३ च २६०३ नम्बरको सिंगल क्याप बोलेरो गाडी चिसाखोला भन्ने ठाउँमा सडकबाट २० फिट तल खसेको हो।
दुर्घटनामा पोखरा १८ ग्यारजाती बस्ने ४९ वर्षीय चालक कृष्णबहादुर थापा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मणिपाल अस्पताल पठाइएकामा डाक्टरले मृत घोषणा गरेको कास्की प्रहरीले जानकारी दिएको छ।
घटनामा पोखरा १८ ग्यारजाती बस्ने ६९ वर्षीया हिमकला थापा र ७० वर्षीया चन्द्रकला थापा घाइते भएका छन्।
तीमध्ये हिमकलाको टाउकोमा तथा चन्द्रकलाको ढाडमा चोट लागेको प्रहरीले जनाएको छ।
99
Shares
प्रतिक्रिया