ad ad

समाज


राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालमा गीताप्रेसको कार्यक्रम

राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा नेपालमा गीताप्रेसको कार्यक्रम

नेपालखबर
माघ १०, २०८० बुधबार १४:२१, काठमाडौँ

अयोध्यामा निर्माण भएको राम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा गीताप्रेसले नेपालमा पनि कार्यक्रम गरेको छ। 

यस अवसरमा विशषतः गीताप्रेस गोरखपुरको भारतमा रहेको सबै बिक्री केन्द्रहरुमा झैँ नेपालको डीपोमा पनि १२ बजेर २९ मिनेटमा हनुमान चालिसा पाठ एवं श्रीरामको आरती, प्रसाद वितरण दीपावली गरी मनाइएको हो।

यस अवसरमा गीताप्रेस गोरखपुरमा अत्यन्त भव्य कार्यक्रम आयोजना गरिएको थियो। नेपालमा गीताप्रेसबाट प्रकाशित सत् साहित्यहरुको प्रचार प्रसार एवं विभिन्न उत्सवहरुमा प्रसादको रुपमा पुस्तकहरु वितरण हुँदै आएको छ।

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालले यस अवसरमा विभिन्न सामाजिक धार्मिक संस्थाहरुबाट भएका कार्यक्रमहरुमा र मठ मन्दिरहरुमा झण्डै दश हजार भन्दा बढी पुस्तक प्रसाद स्वरुप वितरण गरिएको जनाएको छ।

गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालको तर्फबाट यस विशेष उत्सवको अवसरमा हनुमान चालीसा सुन्दरकांड, रामायणका केही आदर्श पात्रहरु, प्रमुख आरतीयाँ, हनुमान बाहुक सहित कल्याण पत्रिकाको मासिक अंक प्रसाद स्वरुप वितरण गरिएको थियो। यस कार्यमा सहयोग गर्ने संस्थाका सदस्यहरुप्रति हार्दिक आभार व्यक्त गरिएको छ। 

सोही अवसरमा पशुपतिनाथ मन्दिरमा आयोजित आरती कार्यक्रममा गीताप्रेस पुस्तक प्रचार प्रसार केन्द्र नेपालका अध्यक्ष जय किसन सारडाले उपस्थित भक्तजनलाई पुस्तक वितरण गरेका थिए। उनले विगत ९८ वर्ष देखि गीताप्रेसद्वारा प्रत्येक वर्षको जनवरी महिनामा कल्याण पत्रिकाको विशेषाङ्क सहित ११ महिनाको पत्रिका भारतकै वार्षिक सदस्यता शुल्कमा उपलब्ध गराउँदै आइरहेको बताए। 

यस वर्ष भगवान् रामको पावन जन्मभूमि अयोध्यामा राम मन्दिर प्राण प्रतिष्ठा समारोहको अवसर पारी कल्याण २०२४ को विशेषाङ्कको रुपमा आनन्दमय रामायण प्रकाशित भएको जानकारी गराए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .