ad ad

समाज


१० महिनाभित्र लोक सेवाका ६ लिखित परीक्षा पास छायाले पाइन् स्थायी नियुक्ति

१० महिनाभित्र लोक सेवाका ६ लिखित परीक्षा पास छायाले पाइन् स्थायी नियुक्ति

छाया जैशी


नेपालखबर
माघ १०, २०८० बुधबार १४:२४, काठमाडौँ

दस महिनाभित्र लोक सेवा आयोगका ६ वटा लिखित परीक्षा उत्तीर्ण गरी चर्चा कमाएकी बाजुराको बूढीगंगा नगरपालिका–६ की छाया जैशीले बाँकेको नेपालगन्जस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा स्थायी नियुक्ति पाउन सफल भएकी छन्। 

लोक सेवा आयोग बुटवल कार्यालयको विज्ञापन नम्बर १३९०७/०७९/८० (महिला), नेपाल कृषि सेवा, ला.पो. एन्ड डे.डे. समूह, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), पशु सेवा प्राविधिक पद संख्या १ का लागि लिखित परीक्षाबाट अन्तर्वार्ताका लागि छानिएका ३ जनामध्ये जैशी सबैभन्दा बढी अंक ल्याएर उत्तीर्ण सफल भएकी हुन्। 

कार्यालयका अनुसार यही माघ ९ गते सञ्चालन भएको अन्तर्वार्तामा तीन उम्मेदवारमध्ये लिखित परीक्षा र अन्तर्वार्ताको प्राप्तांकको कुल योग समेतका आधारमा जैशी पहिलो नम्बरमा परेकी हुन्। 

सोबमोजिम कार्यालयले सूचना जारी गरी जैशीलाई नेपालगन्जस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा स्थायी नियुक्तिका लागि सिफारिस गरिएको जानकारी दिएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .