ad ad

समाज


दूध बोकेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु २ घाइते

दूध बोकेको गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु २ घाइते

नेपालखबर
माघ १०, २०८० बुधबार १५:४८, काठमाडौँ

पोखरामा दूध बोकेको गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

पोखरा महानगरपालिका–१८ चिसाखोला नजिक मेथलाङबाट बाग्लुङ बसपार्कतर्फ आउँदै गरेको ग ३ च २६०३  न. को दूध बोक्ने सिङ्गल क्याप बोलेरो नियन्त्रण गुमाई सडकको दाँयातर्फ अन्दाजी २० फिट तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा गाडी चालक पोखरा महानगरपालिका–१८ ग्यारजाती बस्ने वर्ष ४९ को कृष्णबहादुर थापाको उपचारका क्रममा मृत्यु भएको हो।

सोही ठाउँ बस्ने वर्ष ६९ की हिमकला थापा (टाउकोमा चोट) र वर्ष ७० की चन्द्रकला थापा (ढाडमा चोट) घाइते भएका छन्।

घाइतेहरुको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .