ad ad

समाज


चिसो मौसमको चुनौती, २४ घण्टे चेतावनी जारी

चिसो मौसमको चुनौती, २४ घण्टे चेतावनी जारी

फाइल तस्बिर


नेपालखबर
माघ १२, २०८० शुक्रबार ७:२, काठमाडौँ

चिसो मौसम चुनौतीपूर्ण देखिएकाले सतर्क रहन सुझाव दिँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ।

आज (शुक्रबार) बिहान ६ बजे जारी गरिएको ‘आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श’मा तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने, पहाडका केही स्थानमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने सम्भावना रहेकाले सजग रहन भनिएको छ। 

मौसमका कारण जनजीवन, स्वास्थ्य, यातायातमा प्रभाव पर्न सक्ने देखिएकाले जोखिमबाट बच्न महाशाखाले सचेत गराएको छ। 

उक्त चेतावनीमा भनिएको छ, ‘कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। तराईका अधिकांश स्थानमा हुस्सु/कुहिरो लाग्ने हुँदा दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्नसक्ने भएकाले त्यसबाट हुनसक्ने असरका साथै चिसोबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन हुन अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .