ad ad

समाज


बर्दियामा आगलागी हुँदा पाँच लाखको क्षति

बर्दियामा आगलागी हुँदा पाँच लाखको क्षति

नेपालखबर
माघ १४, २०८० आइतबार ११:३०, बर्दिया

बर्दियाको गेरुवामा आइतबार बिहान आगलागी हुँदा पाँच लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको छ। 

गेरुवा गाउँपालिका ६ पर्सेनीपुर जनकटोलस्थित मुक्तबहादुर बस्नेतको घरमा गएराति २ बजे आगलागी भएको हो। 

आगलागीबाट बस्तुभाउ, धनमालसहितका सामग्री जल्दा अन्दाजी पाँच लाख रुपैयाँ मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए। 

आगलागीबाट कच्ची गोठ जल्दा एउटा भैँसी, एउटा पाडो, पाँचवटा खसीबाख्रा, १६ वटा कुखुरा, एक थान साइकल, १ थान काठको दराज लगायतका सामग्री जलेका छन्।

स्थानीयवासीको सहायतामा आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .