ad ad

समाज


न्यायाधीश मरासेनीको निधनमा उच्च अदालत पाटनसहित यी अदालतमा शोक बिदा

न्यायाधीश मरासेनीको निधनमा उच्च अदालत पाटनसहित यी अदालतमा शोक बिदा

न्यायाधीश मातृकाप्रसाद मरासेनी


नेपालखबर
माघ १७, २०८० बुधबार १३:१३, काठमाडौँ

उच्च अदालत पाटनले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनमा आज शोक बिदा दिने निर्णय गरेको छ। 

आज उच्च अदालत पाटन, हेटौँडा इजलास र मातहतका सम्पूर्ण जिल्ला अदालतमा शोक बिदा दिने निर्णय गरेको अदालतका प्रवक्ता तीर्थराज भट्टराईले जानकारी दिए।

उच्च अदालत पाटनका न्यायाधीश मरासेनीको मङ्गलबार हृदयाघातका कारण ५६ वर्षको उमेरमा निधन भएको थियो।

हृयाघात भएपछि उनलाई उपचारका लागि कलङ्कीस्थित नेपाल नेसनल अस्पताल पुर्‍याइएको थियो।

जहाँ उपचारका क्रममा उनको निधन भएको थियो। उनको हिजो साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .