ad ad

समाज


लोकतान्त्रिक समाजवादमार्फत जनताको जीवनस्तर उकास्न खोज्दै छौँ : राष्ट्रपति पौडेल

लोकतान्त्रिक समाजवादमार्फत जनताको जीवनस्तर उकास्न खोज्दै छौँ : राष्ट्रपति पौडेल

नेपालखबर
माघ १७, २०८० बुधबार १४:४५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलसँग सोसल डेमोक्रयाटिक पार्टी अफ जर्मनी (एसपिडि) का पूर्वअध्यक्ष तथा तथा फ्रेडरिक एबर्ट स्टिफ्टुङ (एफइएस) का अध्यक्ष डा.मार्टीन शुल्जले भेट गरेका छन्। 

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल सामाजिक न्यायसहितको लोकतन्त्रलाई सुदृढ गर्न लागिरहेको बताए।

यसैको माध्यमबाट लोकतान्त्रिक समाजवादतर्फ अघि बढ्ने प्रयत्न भइरहेको उनले बताए।

नयाँं नयाँं प्रविधिको वर्तमान युगमा कसरी लोकतान्त्रिक समाजवादमार्फत नेपालजस्तो मुलुकमा जनताको जीवनस्तर माथि उठाउन सकिन्छ भन्नेमा एफईएसजस्तो संस्थाले वैचारिक बहस चलाउनुपर्ने पनि बताए।

राष्ट्रपति पौडेलले नेपालीहरूले लामो संघर्ष र बलिदानपछि आफ्नो संविधान आफैं बनाएको उनले बताए।

उक्त संविधानले समाजवाद नजिक पुर्‍याएको बताउँंदै पौडेलले त्यसैमार्फत लोकतन्त्रलाई अझै सुधार गरेर जनताको हितमा कसरी लगाउने भन्नेमा प्रयत्नशील रहेको स्पष्ट पारे।

उनले नेपाल र एफइयसबीच यसबारेमा गहिरो छलफल र विमर्श आवश्यक रहेको बताउँंदै यसमा आपसी सहयोगको खाँचो औल्याँएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले बताए। 

उक्त अवसरमा डा. शुल्जले नेपालको संविधान अत्यन्त प्रगतिशील र उदाहरणीय रहेको उल्लेख गर्दैै नेपालमा लोकतन्त्र सुदृढीकरणको साक्षी बन्न एफइएस नेपालमा स्थापना भएको हुनाले यसका लागि सबै सहयोग हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .