ad ad

समाज


अरुण चौधरी र अजितनारायणलाई चार दिन हिरासतमा राख्न अनुमति, किर्ते र ठगीको मुद्दा

अरुण चौधरी र अजितनारायणलाई चार दिन हिरासतमा राख्न अनुमति, किर्ते र ठगीको मुद्दा

तस्बिर : नेपालखबर


नेपालखबर
माघ १८, २०८० बिहिबार १७:२८, काठमाडौँ

बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका दुईजनालाई जिल्ला अदालत काठमाडौंले चार दिन हिरासतमा राख्ने अनुमति दिएको छ।

जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका व्यापारी अरुण चौधरी र बाँसबारी छालाजुत्ता उद्योगका तत्कालीन कार्यकारी प्रमुख अजितनारायण थापालाई अदालतले ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनीहरूनालाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

दुवैजनालाई सीआईबीले किर्ते र ठगी मुद्दामा अनुसन्धानका लागि अदालतबाट म्याद लिएको हो। सीआईबीले उनीहरूलाई जिल्ला सरकारी वकिलको कार्यालय हुँदै जिल्ला अदालतमा उपस्थित गराएको थियो। 

सीआईबीले सुरुमा चौधरी र थापालाई पक्राउ गरेर हिरासतमा लिएको थियो। त्यसपछि सीजी चाँदबागका अध्यक्ष ठाकुरलाई पनि प्रहरीले पक्राउ गरेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .